SamwadKhabar logo

               

अर्थ व्यवसाय

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

संवाद खबर

संवाद खबर

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा
पुस १८, चितवन । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ । सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला सङ्घ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उनले बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिकमन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए । उनले भने, ‘नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन् । व्यवसायमा पूरै मन्दी आएको छ । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ ।’ सम्मेलनमा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ ।’ विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी सङ्घको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो । यसपटक हुने चौथो महाअधिवेशन तथा दशौँ वार्षिक साधारणसभा उद्घाटन अघि भरतपुरको चौबीस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिने छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …