SamwadKhabar logo

               

अर्थ व्यवसाय

अर्थतन्त्रलाई उकास्न नीजि क्षेत्र पनि जम्मेवार हुनुपर्छः चेम्बर अध्यक्ष मल्ल

संवाद खबर

संवाद खबर

अर्थतन्त्रलाई उकास्न नीजि क्षेत्र पनि जम्मेवार हुनुपर्छः चेम्बर अध्यक्ष मल्ल
पुस २२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताउनुभयो । तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भन्नुभयो, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ पछिल्लो समय राजश्व संकलन लक्ष्या अनुसार हुन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । लक्ष्य अनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाई छ । भन्सार राजश्व प्रभावकारी नहुँदा पनि राजश्व लक्ष्य अनुसार उठ्न नसकेको अध्यक्ष मल्लले बताउनुभयो । भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुने वित्तिकै कम्तिमा ४० प्रतिशत राजश्व वृद्धि हुने बताउनुभयो । आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसंग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताउनुभयो । सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसंग हातेमालो गर्न आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताउनुभयो । खुद्रा पसल देखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …