SamwadKhabar logo

               

अर्थ व्यवसाय

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा

संवाद खबर

संवाद खबर

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा
पुस २५, काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालन संघले आन्तरिक हवाई भाडादर पनि घटाएको छ । सरकारले आइतबारदेखी लागु हुनेगरी हवाई इन्धनको मुल्य प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो । वायुसेवा सञ्चालक संघले २७ पुस गतेदेखी लागु हुनेगरी उडान अनुसार नयाँ भाडादर कायम गरेको छ । संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ । काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …