SamwadKhabar logo

               

अर्थ व्यवसाय

माघ १ गतेदेखि निक्षेप ब्याजदर घट्ने

संवाद खबर

संवाद खबर

माघ १ गतेदेखि निक्षेप ब्याजदर घट्ने
पुस २८, काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बसेको बैंकर्स संघको बैठकले यही माघ १ गतेदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाभित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । उनका अनुसार हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । यस्तै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०।१३३ प्रतिशत रहेको छ । मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …