SamwadKhabar logo

               

कोशी प्रदेश

प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

संवाद खबर

संवाद खबर

प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित
पुस २८, काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहन्छ ।प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । एमाले र माओवादीबीच प्रदेश १ मा पदहरु भागवण्डा गर्दा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति भएको थियो । उपसभामुखको निर्वाचनका लागि भने आज मनोनयन हुनेछ । एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनिसक्नु भएको छ । उहाँले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …