SamwadKhabar logo

               

अर्थ व्यवसाय

सीप सिके कुवेतमा राम्रो तलब

संवाद खबर

संवाद खबर

सीप सिके कुवेतमा राम्रो तलब
पुस २९, काठमाडौं । वैदेशिक रोजगारीमा जानु भन्दा पहिले एक पल्ट होइन हजार पल्ट सोच्नुस् । हुटहुटी र हतारो नगर्नुस् । र, नेपाल सरकारले श्रम स्वीकृति दिनुलाई पनि ठूलै नसम्झिनुस् । सबैभन्दा पहिले सिप सिक्नुस् । दक्ष हुनुस् । अनि, आफ्नो सिप तथा क्षमता अनुसारको कामका लागि अघि बढ्नुस् । आफ्नो सिप, क्षमता नबढाई वैदेशिक रोजगारीमा हाम्फाल्नु अज्ञानता मात्रै होइन महामूर्खता हो । पछिल्लो समय भिजिट भिसामा दुवै लैजाने र दुबैलाई ट्रान्जिट बनाएर मानव बेचविखन गर्नेहरु सक्रिय भएका छन् । जसले प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको दिमाग खराब भएको छ । अर्कातिर नेपाल सरकारले श्रम स्वीकृति दिए पनि विदेशमा भनेको जस्तो काम नपाइने र अनेक तरहका दुःख कष्ट हुने समस्या नौला होइनन् । यि विभिन्न समस्यालाई मध्यनजर गरेर अहिले काठमाडौं बसुन्धारास्थित ओमेगा इन्टरनेशनलले श्रमिकलाई दक्ष बनाएर भविष्य सुरक्षित पार्ने अभियान थालेको छ । बसुन्धारा पुरानो इसान हस्पिटलसँगैको विल्डिङमा अहिले धमाधम सलोनको बेसिक र एडभान्स कक्षा सञ्चालन भइरहेका छन् । ओमेगा इन्टरनेशनलका सीईओ राजकुमार राईले नेपाली श्रमिकले विदेशमा भोगिरहेका समस्या र काम दिने कम्पनीहरुले नेपाली श्रमिकको सिप तथा क्षमतामा उठाएका प्रश्नहरुलाई लिएर आफुहरुले सिप विकास अभियान थालेको बताए । उनले भने, ‘कुवेतमा नर्सपछिको दोस्रो दर्जा व्यूटिसियनलाई दिएको छ । एडभान्स लेभलको काम गर्न जान्ने व्यूटिसियनले खाने पिउने गरेर नेपालको एक लाख प्लस स्यालरी पाउँछन् । यसरी स्किल मेन्टेन गर्न र कुवेतको अवश्याकता पुर्ति गर्न हामीले ट्रेनिङ चलाएका हौँ । अब यो नियमित चल्छ ।’ कुवेतकै कोर्श तथा प्रशिक्षकबाट तालिम दिइरहेकाले आफुहरुले ट्रेनर पनि उत्पादन गर्ने राईले बताए । उनका अनुसार विदेश गएर काममा कुनै पनि कम्पलेन नओस् भनेर तालिममा टुल्स पनि सकभर कुवेत अर्थात् अन्तर्राष्ट्रियस्तरकै प्रयोग गरिएको छ । तालिम लिनेले सर्टिफिकेट मात्र नभई शतप्रतिशत रोजगारीको ग्यारेन्टि गरिएको राईले बताए । नेपाली कामदारको पूर्ण भविष्यका लागि आफुहरु पूर्ण रुपमा प्रतिवद्ध रहेको समेत उनले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …