SamwadKhabar logo

               

राजनीति

बागमती प्रदेश सभाको सभामुख चयन गरिदै

संवाद खबर

संवाद खबर

बागमती प्रदेश सभाको सभामुख चयन गरिदै
पुस २९, काठमाडौँ । बागमती प्रदेश सभाको सभामुख पदको निर्वाचन सुरु भएको छ । प्रदेश सभाको बैठक आज ११ बजेका लागि बोलाइएको भएपनि सभामुखको निर्वाचन तयारी गर्दा १ घण्टा ढिला बैठक बसेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदको निर्वाचनका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ । सत्ता साझेदार दलहरुका तर्फबाट सभामुखका लागि राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको छ । सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन पाठकलाई छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद छन् । प्रदेश सभामा कांग्रेस ठूलो पार्टी भएपनि उ सरकार बाहिरै छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…