SamwadKhabar logo

               

गण्डकी प्रदेश

कालीगण्डकीको शीला अयोध्या पठाइँदै, आज क्षमा पूजा सम्पन्न

संवाद खबर

संवाद खबर

कालीगण्डकीको शीला अयोध्या पठाइँदै, आज क्षमा पूजा सम्पन्न
अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शीला पठाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ। अयोध्यामा भगवान् श्रीरामको मूर्ति निर्माणका लागि कालीगण्डकीबाट दुई थान शीला अयोध्या पठाउन लागिएको हो। शीला पठाउनुअघि आज विधिपूर्वक क्षमापूजा गरिएको छ । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरोस्थित कालिगण्डकी किनारमा रहेको १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, अयोध्याबाट आउनुभएका राम मन्दिर निर्माण समितिका सचिव तथा पुजारी राजेन्द्रसिंह पङ्कज र जानकी मन्दिरका महन्त लगायतले पूजा गर्नुभएको हो । एक हजार बर्षसम्म टिकाउ हुने शिलाको पहिचान भएपछि दुईवटा शिला गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाले उत्खनन गर्ने तयारी रहेको छ । उत्खनन गरी एक साताभित्र बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले जनकपुर लगेर मधेश प्रदेशलाई हस्तान्तरण गर्ने र त्यहाँबाट केही दिनमा अयोध्या पुर्‍याइनेछ । हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा पुलह, कपिल जस्ता ऋषिहरू र राजर्षि भरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…