SamwadKhabar logo

समाचार

मधेश प्रदेशमा ४० प्रतिशत कुष्ठरोगी भेटिए

संवाद खबर

माघ १५, काठमाडौं । नेपालमा नयाँ भेटिएका बिरामी मध्ये मधेश प्रदेशमा सबै भन्दा धेरै कुष्ठरोगका बिरामी रहेको पाइएको छ । आइतबार ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम मनाउने सन्दर्भमा उक्त तथ्यांक सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७९ ÷ ०८० मा नेपालमा २ हजार २ सय ८५ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा ९ सय १० जना, लुम्बिनी प्रदेशमा ५ सय ८१ जना, प्रदेश– १ मा ३ सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा २ सय ५ जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भएको भेटिएको छ । गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलनामा कुष्ठरोगीको संख्या कम भएको छ । १६ जिल्लाहरु झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी जिल्ला हुन् । मधेश प्रदेशको सप्तरी बाहेकका सबै जिल्लामा कुष्ठरोगका बिरामी रहेका छन् । सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरेपनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण हुन सकेको छैन । नेपालमा रहेका कुल कुष्ठरोगी मध्ये मधेश प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि