SamwadKhabar logo

समाचार

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

संवाद खबर

संवाद खबर

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
माघ २०, जाजरकोट । बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो । यी तीनवटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल छ । गाउँपालिकाको दाबीअनुसार ठेकेदार कम्पनी (खानी–धुलिखेल–जेके बिल्डक्स जेभी) को लापरवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिइसकेको छ । पन्ध्र शश्याको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा रु ८० लाख रकम पेश्की र दोस्रो चरणमा थप रु एक करोड ८१ लाख पेश्की लिइसकेको छ । सम्झौताअनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो । साढे दुई करोड बढी रकम लिइसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ । गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदारले दाबी गरेको छ । पन्ध्र शश्याको अस्पताल भवन बनाउन करिब ११ कठ्ठा जग्गा आवश्यक हुन्छ । तर हालसम्म लिम्सा स्वास्थ्यचौकीको नाममा चार रोपनीमात्र जग्गा रहेको छ । भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसले गर्दा भवन निर्माणमा थप ढिलाइ भएको हो । स्थानीय तहको हचुवाको निर्णयले अस्पताल निर्माणमा थप समस्या आएको ठेकेदारको भनाइ छ । तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको बोलपत्र गराएका थिए । तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ । भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताए । ‘अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ’, उनले भने, ‘तर ठेकेदारले तीनपटक म्याद थप गर्दासमेत काममा चासो दिएन ।’ ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको उनको दाबी छ । कर्मचारीहरू ठेकेदारसँग मिलेर भवन निर्माणमा थप ढिलाइ गरेको उपाध्यक्ष गिरीले बताए । यता स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकाय सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँछन् । गाउँपालिकाले यही पुस २८ गते स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय गरेको उनले बताए । लिम्सामा १५ शश्याको अस्पतालको भवन निर्माणका लागि रु २३ करोड बजेट लागत अनुमान गरिएको थियो । ठेकेदारले घटेर रु १८ करोड ३९ लाख ४९ हजार दुई सय छ मा निर्माणको ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर केशव श्रेष्ठले बताए । भवन निर्माणका लागि गाउँपालिकाले विसं २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो । सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । तर सम्झौता अवधि सकिन पाँच महिनामात्र बाँकी रहँदा भवन निर्माणको सुरुआतसमेत हुनसकेको छैन । तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए ।– रासस

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि