SamwadKhabar logo

               

लुम्बिनी प्रदेश

लुम्बिनीमा राष्ट्रियसभा सदस्य चुन्न मतदान जारी

संवाद खबर

संवाद खबर

लुम्बिनीमा राष्ट्रियसभा सदस्य चुन्न मतदान जारी
माघ २५, बुटवल । लुम्बिनी प्रदेशमा रिक्त एकजना राष्ट्रियसभा सदस्यका लागि अहिले मतदान जारी छ । बुधबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्रको प्रांगणमा बिहान १० बजेपछि मतदान सुरू भएको हो । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदान सहज बनाउन दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था गरिएको छ । मतदान दिउँसो ३ बजेसम्म समय कायम रहने छ । राष्ट्रिसभा सदस्य चुन्न प्रदेशका कुल ३०५ मतदाताले मतदान गर्ने छन् । लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य र २१८ जना स्थानीय पालिका प्रमुख तथा उपप्रमुख रहेका छन् । राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्य प्रतिस्पर्धामा छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

१८ भाद्र, काठमाडौं । फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालि…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

१७ साउन, काठमाडौं । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र द…

लुम्बिनीमा एमाले दल नेता गिरीको राजीनामा

लुम्बिनीमा एमाले दल नेता गिरीको राजीनामा

९ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट …