SamwadKhabar logo

               

अर्थ व्यवसाय

एक नेपाली एक पर्यटक रणनीति बनाउन पर्यटन मन्त्रीलाई चेम्बरको सुझाव

संवाद खबर

संवाद खबर

एक नेपाली एक पर्यटक रणनीति बनाउन पर्यटन मन्त्रीलाई चेम्बरको सुझाव
माघ २५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो । मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष मल्लले भन्नुभयो, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ, ।’ मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधी बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपालका महत्वपुर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनी, लगायतका क्ष्ँेत्रको अन्तराष्ट्रिय स्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपालको हवाई क्ष्ँेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराती समक्ष आग्रह गर्नुभयो । यसैगरि नेपाल वायुसेवा निगम र अन्तराष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाईन्सको जहाज थप गर्ने प्रक्रीया अविलम्व शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उहाँको सुझाव छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले बान्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तिमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ, ।’ मन्त्री किराती समक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिषा शुल्क निशुल्क गर्नुपर्ने बताएका थिए । चेम्बर पदाधिकारीसंगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधी बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिषा सहज बनाउन योजना बनाईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिषा शुल्क देखि हवाई भाडा सम्म निकै महङ्गो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण शुरु गरेको छु, ।’ उहाँले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …