SamwadKhabar logo

               

अर्थ व्यवसाय

पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर

संवाद खबर

संवाद खबर

पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर
माघ २६, झापा। विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ। शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड– २ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु एक करोड लगानीमा भ्यूटावर बनाएका हुन्। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन्। चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएको शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय पार्क निर्माणमा जुटेका हुन्। सो पार्कमा लिची, आँप, अम्बालगायतका विभिन्न प्रजातिका फलफूलका बोट हुर्किएका छन्। घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन्। ढुङ्गानाले विगत छ वर्षेदेखि पार्क निर्माण सुरु गरेका हुन्। “मलाई पार्कमा पर्यटकको घुइँचो लगाएर पैसा कमाउला भन्ने छैन”, उनले भने, “समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले ग्रीन पार्कको परिकल्पना गरेको हुँ।” उनले पार्कभित्र निर्माण गरेका नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ। जहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ। टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी भइरहेको उनले बताए। पार्कको औपचारिक उद्घाटन हुन बाँकी छ। तर आन्तरिक पर्यटक भने घुम्न आउन थालिसकेको उनले बताए। पार्कमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने स्थानको समेत व्यवस्था गरिएको छ। “आफूसँग भएको नगद र बैंकबाट ऋणस्वरुप लिएको करिब रु तीन करोड खर्च भइसक्यो”, उनले भने, “अझै कति खर्च हुन्छ, लेखाजोखा छैन।” सञ्चालक ढुङ्गानाले पार्कमा स्विमिङ पुल, रिसोर्ट, फुटसलसमेत बनाउने तयारी रहेको जानकारी दिए। पार्कमा प्रत्येक वर्ष ‘लिची फेस्टिबल’ गरिँदै आएको छ। लिचीको बोटमा आफूखुसी टिपेर ताजा फल खान फेस्टिबलमा टाढादेखि पर्यटक आउने गर्छन्। फेस्टिबलमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले रु १०० तिरेर आफैँ बोटमा टिपेर पेटभरि लिची खान पाइने व्यवस्था गरिएको हुन्छ। अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि सुरु गरेको उनले बताए। उनका अनुसार बगानमा यतिबेला बम्बई, मुजफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन्। रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …