SamwadKhabar logo

समाचार

त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ

संवाद खबर

संवाद खबर

त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ
माघ २८, काठमाडौँ । एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको आज उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् ।उद्घाटनमा बोल्दै वडाध्यक्ष तण्डुकारले आफू विदेश भ्रमणमा जादाँ देखेको शौचालयहरुकै स्तरको सार्वजनिक शौचालय निर्माण भएको बताए । यस्तै सेवामूलक संरचनाहरुको निर्माण गर्ने र निर्माणमा सहयोग गर्ने वडाको नीति रहेको पनि वडाध्यक्ष तण्डुकारले बताए । उद्घाटनका क्रममा काठमाडौँ महानगर वडा ११ का वडाध्यक्ष तथा वडासदस्यहरुले पनि शौचालयको अवलोकन तथा सेवा सुविधाका बारेमा जानकारी लिएका थिए । एरोसानको अत्याधुनिक सार्वजनिक शौचालयमा सेनिटेरी प्याडको उपलब्धता, बच्चाको डाइपर फेर्ने स्थान, महिला र पुरुषको लागि छुट्टाछुट्टै कम्पार्टमेण्ट, साबुन पानीको उपलब्धता, हात सुकाउने व्यवस्थालगायतका सुविधाहरु रहेका छन् । सार्वजनिक शौचालयको क्षेत्रमा एरोसान अग्रणी संस्थामा पर्दछ । एरोसानको सार्वजनिक शौचालयमा आकासे पानीको संकलन गरी प्रयोगमा ल्याइन्छ । शौचालयबाट उत्पादन गरिएको बाँयो ग्याँसबाट चमेना गृहको संचालन गरिने पनि एरोसानले जानकारी दियो । एरोसान सस्टेनेबल सेनिटेसनको अत्याधुनिक सार्वजनिक शौचालयका परिकल्पनाकार समाजसेवी तथा वातावरणवीध स्व। प्रकाश चन्द्र अमात्य हुन् । शौचालयको निर्माणकार्यको सुरुवात स्वर्गीय अमात्यले नै गरेको भएपनि उनले यसको समापन देख्न पाएनन् । केही समय अगाडी उनको हृदयघातका कारण अल्पायूमै निधन भएको थियो । त्रिपुरेश्वर मै एरोसानको यो दोस्रो सार्वजनिक शौचालय हो। स्वयम्भु, मंगलबजार, पाटन ढोका, परोपकार, बानेश्वोरलगायतका ठाउँहरुमा एरोसानले यस अघि नै सेवा प्रदान गर्दै आइरहेको छ। शौचालयले रहदानी विभागमा आउने सेवाग्राहीमात्र नभएर त्रिपुरेश्वर – टेकु यात्रा गर्ने यात्रुहरुको लागि पनि उपयोगी हुने विश्वास लिइएको छ । शौचालय त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको दोस्रो गेटमै अवस्थित रहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि