SamwadKhabar logo

               

अर्थ व्यवसाय

म्याग्दीमा मन्दिरमा चढेको भेटीबाट सडक बत्ती

संवाद खबर

संवाद खबर

म्याग्दीमा मन्दिरमा चढेको भेटीबाट सडक बत्ती
फागुन २, म्याग्दी । मन्दिरमा चढेको भेटीबाट म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर बजार झिलीमिली भएको छ । मन्दिरमा चढेको भेटी खर्चगरी बजारमा सडक बत्ती जडान गरेपछि गलेश्वर बजार सडक बत्तीले झिलीमिली भएको हो । रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको साधारणसभाको निर्णयबाट गलेश्वर प्रवेशद्वारदेखि राहुघाट नदीको पुलसम्मको बजार क्षेत्रमा र मन्दिर परिसरमा जडान गरिएको बत्तीको उद्घाटन गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माघवप्रसाद रेग्मीले गर्नुभएको हो । भक्तजनले चढाएको भेटी मध्ये २ लाख ३० हजार ७ सय ५० रुपैयाँ खर्चमा ५५ वटा सडक बत्ती जडान गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । सडक बत्तीले बजारबासीलाई रातको समयमा सहज हुने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । बत्ती जडानले चोरीका घटनाहरु कम गराउने र पैदलयात्रीलाई पनि सहज र मन्दिर परिसरमा सीसी क्यामरा जडान गर्नका लागि सडक बत्तिले मदत पुग्ने उहाँले बताउनुभयो । सडक बत्ती मर्मत लगायतको खर्च गलेश्वर शिवलाय क्षेत्र विकास कोषले ब्यहोर्ने समेत उहाँले बताउनुभएको हो । ९ रोपनी क्षेत्रफल फैलिएको विशाल शिलामाथि अवस्थित अलौकी धार्मिकस्थल गलेश्वरधाममा यज्ञशाला हवन कुण्ड ५ लाख ६२ हजार रुपैयाँ खर्चमा पुनस् निर्माण गरिएको छ । जीर्ण अवस्थामा रहेको यज्ञ हवन कुण्ड निर्माणका लागि पोखरा निवासी विष्णु पुनले ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । मन्दिरको पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका ९ हाल काठमाडौं निवासी कोषका सल्लाकार रमेश सुवेदीले १ लाख ५० रुपैयाँ आथिक सहयोग उपलब्ध गराउनुभएको हो । त्यस्तै मन्दिर परिसरमा विभिन्न दाताहरुको सहयोगमा दुई वटा चौतारी मर्मत गरिएको छ। मन्दिरको मुल गेट अगाडि स्वर्गीय बुबा मिनबहादुर विश्वकर्माले निर्माण गरेको चौतारी बेनी निवासी छोरा जीवन विश्वकर्माले मर्मत सम्भार गर्नुभएको हो । मन्दिरको मूल गेटदेखि कालीगडकी नदीको किनारसम्म भक्तजनलाई आवातजावात गर्न सहज हुने पदमार्ग निर्माण लगायतको पूर्वाधार बनाउनका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …