SamwadKhabar logo

               

अर्थ व्यवसाय

पूजाको सामान बिक्री गरेर मासिक ७० हजारसम्म आम्दानी

संवाद खबर

संवाद खबर

पूजाको सामान बिक्री गरेर मासिक ७० हजारसम्म आम्दानी
फागुन २, काठमाडौं । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिँदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’ कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उनी श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गरिन् । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उनले सन्तोष व्यक्त गरेकी छन् । ‘गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौं आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बहाना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ’, उनले भनिन् । मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यति बेला आफूले सम्हालेको उनको भनाइ छ । ‘लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु’, उनले भने । मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधन पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उनको अनुभव छ । ‘बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको दुई लाख रुपैयाँ सम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन’, उनले भने, ‘शनिबार बढी भिड लाग्छ, औसतमा मासिक ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’ यहाँ बिक्रीका लागि राखिने पूजा सामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ । महतरा जस्तै पूजा सामग्री बिक्री गर्दै आएकी सिन्धुपाल्चोककी रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकि छोरी र बहिनीको खर्च पूरा गरेकी छन् । उनले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाइन् । ‘पूजा सामग्री बिक्रीबाट मासिक करिब ७० हजार रुपैयाँ आम्दानी भइरहेको छ’, उनले भनिन्, ‘कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।’ उनी विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजा सामग्री तयार गर्छिन् । मन्दिरमा भेटिएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजा सामग्री पसल चलाएकी छन् । विगत २५ वर्षदेखि पूजा सामग्री बेच्दै आएकी उनी हाल बबरमहल बस्छन् । ‘श्रीमान् ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ’, उनले भनिन् । उनका अनुसार राम्रो कमाइ हुने दिन तीन हजार रुपैयाँसम्म बचत हुन्छ भने कुनै दिन सात÷ आठ सय रुपैयाँमै चित्त बुझाउनुपर्छ । पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजा सामग्री बेच्दै आएका मदन बुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट छन् । उनलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै छन् । मन्दिर व्यवस्थापन समितिले तोके अनुसारका मानिसले मात्र मन्दिरमा पूजा सामग्री बिक्री वितरण गर्ने गरेकोमा छ महिना अघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उनीहरू मन्दिर छेउमा बस्न सुरु गरेका हुन् । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उनीहरूको गुनासो छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …