SamwadKhabar logo

               

राजनीति

राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल

संवाद खबर

संवाद खबर

राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल
फागुन ३, लेखनाथ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ ।” नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उहाँको भनाइ थियो । सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताउनुभयो । सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको छ हेरौँ त्यो प्रयास सफल हुन्छ कि हुँदैन । “ देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔँ ”, अध्यक्ष नेपालले भन्नुभयो । आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने कुरा उहाँले स्पष्ट पार्नुभयो । कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लागयतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…