SamwadKhabar logo

               

विज्ञान प्रविधि

पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल

संवाद खबर

संवाद खबर

पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल
फागुन ५, काठमाडौं । वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन पर्याप्त समय हो । तर, मान्छेमा भने औषधि परीक्षण गरिएको छैन । मान्छेमा परीक्षण गर्नुअघि धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । परीक्षण सफल भए पुरुषहरूले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि चक्की सेवन गर्नुपर्ने हुन्छ । मुसामा गरिएको परीक्षणमा यो औषधिले तीन घण्टासम्म पूर्ण रूपमा काम गरेको पाइएको छ । औषधिले सम्भोगका क्रममा र सम्भोगपछि तीन घण्टासम्म शुक्रकीटलाई गतिहीन बनाएर काम गरेको पाइएको वैज्ञानिकहरू बताउँछन् । २४ घण्टापछि भने औषधिले पूर्ण रूपमा काम गर्न छाडेको देखिएको छ । वैज्ञानिहरूका अनुसार यस चक्कीमा कुनै प्रकारको हर्मोनको प्रयोग गरिएको हुँदैन । यसले शुक्रकीटको चाललाई रोक्ने काम मात्र गर्छ । यसको प्रयोगबाट कुनै पनि प्रकारको असर नपर्ने वैज्ञानिहरूको दाबी छ । नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित शोधपत्रअनुसार अनुसार मानिसमा परीक्षण सफल भएमा पुरुषहरूले यो औषधि सजिलै प्रयोग गर्न सक्नेछन् । तर, यो औषधिले यौनरोग सर्नबाट भने जोगाउँदैन । बीबीसीबाट ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…