SamwadKhabar logo

               

राजनीति

माओवादीको राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

संवाद खबर

संवाद खबर

माओवादीको राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई
फागुन ८, काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको छ। पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा बिषयमा आवश्यक निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो। बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको जानकारी दिए। गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने माओवादीको स्वार्थ रहेको र यसैमा केन्द्रीत रहेर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजि गरिने उनले बताए। उनले मुलुकको हितका लागि राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्नेमा माओवादीको अडान कायमै रहेको धारणा राखे। उनले राष्ट्रपतिको उम्मेदवारका बिषयमा भने बैठकमा कुनै छलफल नभएको जानकारी दिए। बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि अन्य दलहरुसंग भएको छलफलका बारेमा पार्टी अध्यक्ष प्रचण्डले जानकारी गराएका थिए। भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकले अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको हो। गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सहमतीय राष्ट्रपतिको बिषय उठान गरे पछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन, एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ। यही बेला बस्न लागेको माओवादी पदाधिकारी बैठक प्रति सबैको नजर पुगेको छ, माओवादी पदाधिकारीको बैठकको यतिबेला निकै प्रतिक्षा गरिराखिएको छ । सो बैठक अघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल बिशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थीति प्रकट भएको छ भने सोही बिषयलाइ लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुदेँ समझदारी गर्ने दलहरु एकै ठाउँमा उभिनु पर्ने बताए पछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने बिषय झन अन्यौल हुन पुगेको छ। पोखरा पार्टी कार्यक्रमा सहभागी हुन गएका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरवारस्थित कार्यालयमा भेटघाट गरेर पदाधिकारी बैठकमा गएका छन्।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…