लघुवित्तको आतंकमा ग्रामिणी महिला
भिम लामा ।
फागुन ९, काठमाडौँ । नेपालको अर्थतन्त्रमा तरलतासंगै मूलुकले आर्थिक संकट झेलिरहेको छ । नेपालमा रोजगारको उचित व्यवस्थापन नहुँदा दैनिक हजारौ युवाहरु विदेशीन वाध्य छन्। त्यस्तै गाउँघरमा महिला तथा बालबालिका मात्र देख्न थालेका छन् ।
आफ्नो घर खर्च चलाउन र बालबच्चा पढाउनका लागि खेती पेसामै निर्भर रहेका बेला लघुवित्ता नामक विभिन्न संघसंस्थाको तारो भने ग्रामीणी क्षेत्र परेको छ । अभिमूखीकरण विना जग्गा धितो राख्ने र ऋण उपलब्ध गराउने कार्यले ग्रामीणी महिलाहरु सिकार बनिरहेका छन् । कृषिजन्य क्षेत्रमा कर्जा प्रवाह गरेर चर्को व्याज असुल्ने गरेको थुप्रै उदाहरणहरु छन् । गाई÷भैँसी, बाख्रा लगयत बस्तु खरिद गर्न ऋण प्रवाह गरेर व्याज असुल्न पल्केका त्यस्ता वित्तिय संस्थाहरुबाट कृषक महिलाहरु सिकार बनिरहेका छन् । उनीहरुले प्रवाह गरेको ऋण समयमै बुझाउन नसक्दा वस्तु नै लाने र तिर्नुपर्ने ऋणको थुप्रो जस्ताको तस्तै पारिदिने परिघटना पछिल्लो समयमा व्याप्त छ ।
विभिन्न सञ्चार माध्यममा समेत समाचार बनिरहेको जितपुर सिमरा उपमहानगरपालिकाको नगौल गाउँका महिलामा पनि त्यो समस्याबाट ग्रसित छन् । खेतीबारी, अर्मपर्ममा जुट्नुपर्ने महिलाहरू अचेल घरबार जोगाउन बिहानै जंगल पस्छन् र झमक्क साँझ परेपछि मात्र घर फर्किन्छन् । लघुवित्तका कर्मचारीहरू ऋण र ब्याज उठाउन घरघर आउने गरेका छन् । उनीहरूले ऋणीलाई नभेटे परिवारका सदस्यहरूलाई समेत धम्क्याउने गरेका छन् ।
त्रास बनेर दैलोमा आइपुग्ने लघुवित्तका कर्मचारीले ‘हत्कडी लगाउँछु, जेल हाल्छु’ भन्दै धम्क्याउँछन् ।महिलाहरु त्यस्को डरमा जंगलको बास हुने गरेको समचार आउन थालेको छ । आर्थिक अभावकै कारण जितपुर सिमरा उपमहानगरपालिकाको नगौल गाउँका दानुवार समुदायका बालबालिकाहरु स्कूल पढ्नबाट बञ्चित भएको स्थानीयहरुको भनाई रहेको छ ।
सम्बन्धित निकायको निगारानी र निमयंकन विना लघुवित्तहरुको गाउँ प्रवेशले पछिल्लो समयमा महिला मात्र होईन पुरुषहरु समेत त्यसको चपेटामा परेका छन् । व्याज असुल्न विभिन्न प्रलोभन देखाउने र ऋण प्रवाह गरेर पछि तिर्न नसक्दा घरबार बिल्लिबाठ भएको छ । पूर्व तयारी र सीप अभिमूखीकरण विना ऋण दिएर सहि सदुपयोग नहुँदा त्यसको सिकार ऋणी आफै भएका छन् । ऋणको उचित सदुपयोग नहुँदा ऋण लिएर जाँड रक्सी खाने, मिठो मसिनो खाने, भईरहेको पेसा समेत छाडेर रमाईलो गर्दै जुवातास र कुलतमा फसेका छन् । ऋण लिदै मोजमस्तीमा रमाएपछि आफ्नो खेतीपातीमा समेत अवरोध उत्पन्न हुने समस्या बढ्दै गईरहेको छ ।
समयमा ऋण तिर्न नसक्दा लघुवित्तका कर्मचारी, सञ्चालकहरु आएरका मानसिक एवम् सामाजिक रुपमा दबाब दिएको घटनाले झन ठूलो समस्या निम्त्याएको छ । लघुवित्तकै कारण सामाजिक र मानसिक विचलन आउने डर लाग्दो समस्या बाहिरी सतहमा आईसक्दा पनि राज्य भने बेखबर बनिरहेको छ । पछिल्लो समय दुर्गम क्षेत्रमा व्यापक रुपमा लघुवित्तको सिकार भईरहे पनि स्थानीय सरकारको ध्यान पुग्न सकिरहेको छैन् ।
यद्यापी ग्रमिणी क्षेत्रमा लघुवित्तको चुनौतिसंगै सम्भावना पनि रहेको छ । स्थानीय सरकारले समन्वय र आवश्यक सीप तथा अभिमूखीकरणको व्यवस्थापन गर्न सकिए लघुवित्तलेको कर्जाले आर्थिक परिवर्तनमा पनि सुधार ल्याउन सक्दछ । तर वर्तमान समयमा भईरहेको अभ्यासले भने गाउँलाई विखण्डन गर्ने र वितृष्ण पैदा गराउने भूमिका खेल्नेछ ।
बढ्दो वेरोजगार र सीप विहिन समाजलाई विभिन्न प्रलोभन देखाई ऋण दिएर व्याज र ऋण फिर्ता नगराउदा गाउँघरको पुख्र्यौली जमिन लघुवित्त संस्थाहरुको कब्जमा हुने गरेको थुप्रै घटनाहरु सतहमा आईसकेको छ । प्राकृतिक सुन्दरता र वातावरणीय सन्तुलन मिलेको जग्गाहरु मास्ने क्रम पनि बढिरहेको छ । यस प्रकारको कार्य तत्काल रोक्न नसके निकट भविश्यमा भूखण्डन र आर्थिक संकट पेचिलो बन्दै जानेछ । लघुवित्त आतंक नियन्त्रण वा निमयमंकन गर्न राज्यले बेलैमा ध्यान पु¥याउन आवश्यक देखिन्छ ।