SamwadKhabar logo

               

राजनीति

पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ– माधव नेपाल

संवाद खबर

संवाद खबर

पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ– माधव नेपाल
फागुन ९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा सबै पक्षसँग कुराकानी भइरहेको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशको पाँचौँ बैठकका लागि दाङ पुगेका नेता नेपालले राष्ट्रपतिका विषयमा मिडियामा आएका कुरामा बोल्न हतार नगर्ने समेत बताए । “प्रेसमा आएका कुरा सबै सत्य नै हुन्छन् भन्ने कुरा भएन । विभिन्न पक्षले के–के गर्छन्, सुनौँ । अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । हतार नगरी पर्दाभित्र नै दिनुपर्छ,” उनले मंगलबार भने, “पर्दाभित्र नै रहोस् । मूल्य–मान्यता, आदर्शलाई त्यागेर कुनै सहमति, सम्झौता सम्भव छैन । विभिन्न पक्षसँग कुराकानी गर्छौँ । विचार मिल्न सक्नेहरूसँग कुराकानी गर्छौँ ।” उनले राष्ट्रपतिमा चाहना राख्नु फरक कुरा भएको तर त्यसबारे सोचिनसकेको बताए । ‘पावर सेयरिङ’मा आफूहरूले भूमिका पाउनुपर्ने भन्दै उनले अरूका लागि ‘बलिदान’ गर्न नसक्ने समेत बताए । “चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले के गर्ने भनेर सोचेको छैन । हाम्रो पार्टीको धारणा के छ भने, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरि अरूको निम्ति बलिदान हुने र अरूलाई फाइदा हुन हुन सक्दैन,” उनले भने । संघीयतालाई संरक्षण र सुदृढ गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…