SamwadKhabar logo

समाचार

आजदेखि १५ जिल्लाका ८५ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

संवाद खबर

संवाद खबर

आजदेखि १५ जिल्लाका ८५ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
फागुन ११, काठमाडौँ । सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा अभियान सञ्चालन हुने बताउनुभयो । डा.  दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ । सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा समस्या जीवित छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षाकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ । महत्तोले यो औषधि सुरक्षित भएकाले ढुक्कासँग खाना आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “रोग लागिसकेकालाई रोगबाट बचाउनका साथै रोग लाग्नबाट बचाउने हुँदा प्रभावित जिल्लाका सबैजनालाई आम औषधि सेवन गर्न आग्रह छ ।” हात्तीपाइले रोगका लक्षणहरु नदेखिए पनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन्, यो समस्या भएकाले औषधि खानासाथ रोगका परजीवीहरु मर्ने र भविष्यमा रोग लाग्न नदिने महत्तोको भनाइ छ । महत्तोका अनुसार औषधि सेवन कारण शरीरमा भएका हात्तीपाइलेका परजीवीहरु अरु स्वास्थ्य मानिसको शरीरमा सर्दैनन् । समुदायमा केही व्यक्तिमा रोगका परजीवीहरु छन् र औषधि सेवन गरेमा लामखुट्टेले टोके पनि शरीरमा ती परजीवीहरु सर्न सक्दैनन् । औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त बिरामी, मिर्गौला रोगका लागि डायलासिसजस्ता जीवनभर चिकित्सकको निगरानीमा बसेका मानिसलाई औषधि नखान महत्तोको सुझाव छ । औषधि खाली पेटमा नखान चिकित्सकको सुझाव छ । आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै छ। सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि