SamwadKhabar logo

               

धर्मशास्त्र

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

संवाद खबर

संवाद खबर

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय
चैत ३, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ । कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ । कोषले विसं २०६८ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रुपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भए पनि गुह्येश्वरी, विश्वरुप, चन्द्रविनायकलगायत महत्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन । गुह्येश्वरीमा छुट्टै कार्यालय खुलेपछि नियमावली बनाएर यहाँको भेटीघाटी पनि पारदर्शी गर्ने कामलाई प्राथमिकतामा राखिने उहाँले सुनाउनुभयो । यसैगरी चन्द्रविनायक मन्दिर क्षेत्रलाई पनि व्यवस्थित गर्न छुट्टै कार्यालयको स्थापना गरिनुपर्ने चाबहिलका स्थानीयवासी भरत पौडेलले माग गर्नुभयो । चन्द्रविनायक मन्दिर क्षेत्रमा रहेको जग्गामा बनेको भवन र सार्वजनिक जग्गालाई व्यवस्थित गर्न पनि यहाँ छुट्टै कार्यालय स्थापना गरिनुपर्ने उहाँको भनाइ छ । चन्द्रविनायक काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक हो । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । रासस

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…