SamwadKhabar logo

               

राजनीति

छुवाछुतमुक्त राष्ट्र घोषणालाई कार्यान्वयन गर्न सकेका छैनौं : अध्यक्ष नेपाल

संवाद खबर

संवाद खबर

छुवाछुतमुक्त राष्ट्र घोषणालाई कार्यान्वयन गर्न सकेका छैनौं : अध्यक्ष नेपाल
चैत ७, काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिएका छन्। समाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले लेखेका छन्, ‘नेपालमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले नै गरेको छ। देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुका साथै त्यसलाई व्यवहारमा लागू गर्न जातीय छुवाछुत र भेदभाव (कसुर तथा सजाय) ऐन २०६८ लागू भइसकेको छ तर छुवाछुतमुक्त राष्ट्र घोषणालाई हामीले अझै अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं।’ ‘जातिवाद तथा रंगभेद विरुद्ध प्रतिवाद गरौं’ भन्ने अन्तर्राष्ट्रिय नारा र ’संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौं, जातीय छुवाछूत तथा भेदभावका विरूद्ध प्रतिरोध गरौं ।’ भन्ने राष्ट्रिय नाराका साथ ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै छ। सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने नगरमा रगंभेदी कानुनविरुद्ध भएको शान्तिपूर्ण जनप्रदर्शनमाथि त्यहाँको राज्यसत्ताले काला जातिका मानिसहरु विरुद्ध गरेको नरसंहारमा ६९ जनाको हत्या भएको थियो भने ३ सय बढी आन्दोलनकारी घाइते भएका थिए। छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा लिए पनि मन्दिर प्रवेशमा रोक लगाइएको, सामाजिक रुपमा बहिष्कार गरिएको जस्ता घटना दिनहुँ सुनिने गरेको छ त्यतिमात्र होइन, हत्याहिंसासम्मका घटनामा समेत राज्यकोतर्फबाट न्यायका लागि ठोस कदम चाल्न नसक्नु विडम्बना भएको उनको भनाइ छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…