SamwadKhabar logo

               

शिक्षा

आजबाट देशभर एकैसाथ एसईई परीक्षा शुरु

संवाद खबर

संवाद खबर

आजबाट देशभर एकैसाथ एसईई परीक्षा शुरु
चैत १७, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु भएको छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ । एकै वर्ष दुई वटा एसईई वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ । आवेदन दिएकाभन्दा ३१ हजार कम परीक्षार्थी यो वर्ष एसईईका लागि आवेदन फारम भरेकाभन्दा ३१ हजार कम विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कूल पाँच लाख १६ हजार ५७७ जनाले फारम भरेकोमा चार लाख ८५ हजार ३९६ विद्यार्थी मात्रै परीक्षामा सहभागी हुँदै छन् । यो ग्याप गत वर्षहरूको तुलनामा बढी भएको परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर भक्त गोदार बताउँछन् । वर्ष २०७८ को एसईईका लागि आवेदन दिएका पाँच लाख १४ हजार ९७७ ले विद्यार्थीमध्ये चार लाख ८५ हजार ७५१ जना परीक्षामा सहभागी भएका थिए । १४ परीक्षार्थी जापानबाट पनि यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ । दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको गोदारले बताए । सहभागीमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६३८ परीक्षार्थी रहेको बोर्डले जनाएको छ । घरपायक केन्द्र, विज्ञानको परीक्षाअघि बिदा यस वर्षको एसईईमा चैत २१ गते हुने विज्ञानको परीक्षाका लागि चैत २० गते बिदा दिइएको छ । गत वर्षहरूमा विज्ञानको नतिजा कमजोर भएपछि नतिजा सुधारका लागि बिदाको व्यवस्था गरिएको बोर्डले जनाएको छ । वर्ष २०७८ को एसईईमा सबैभन्दा धेरै एक लाख ६ हजार ५१३ जना विद्यार्थीले सी ग्रेड ल्याएपछि यस्तो विकल्प अपनाइएको हो । यसवर्षको एसईईमा प्राविधिक विषयका विद्यार्थीका लागि घरपायक केन्द्रको व्यवस्था गरिएको छ । यसअघि, त्यस्ता विद्यार्थीका लागि जिल्ला सदरमुकाममा एउटै मात्र केन्द्र राखिने गरेकोमा यसवर्षदेखि घरपायक विद्यालयहरूलाई केन्द्र तोकिएको बोर्डले जनाएको छ । सहयोग र समन्वयका लागि आग्रह राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ । बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…