SamwadKhabar logo

               

वाग्मती प्रदेश

पश्चिमी सभ्यता र धर्मको अतिक्रमण हाम्रो साझा समस्या : फुपू छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'

संवाद खबर

संवाद खबर

पश्चिमी सभ्यता र धर्मको अतिक्रमण हाम्रो साझा समस्या : फुपू छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'
बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'ले वैदिक, बौद्ध, किरात, जैन, सिक्ख आदि पूर्वीय दर्शन र सभ्यतामाथि आज पश्चिमी सभ्यता र पन्थको अतिक्रमण बढीरहेको बताउनुभएको छ । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास , बागमती प्रदेशको १३औं वार्षिकोत्सवमा बोल्दै उहाँले यस साझा चुनौतीको समाधानका लागि साझा रणनीति र साझा प्रयास गरिनुपर्नेमा जोड दिनुभयो ।
“वर्तमान समयमा पश्चिमबाट आएका पन्थहरूले नेपाली सभ्यता र बौद्ध, किरात एवं हिन्दू जस्ता पूर्वीय चिन्तनलाई ओझेलमा पारिरहेको भान हामी सबैलाई पर्दैछ, ” उहाँले भन्नुभयो ।
लगभग विगत एक दशकदेखि आफू जनजाति कल्याण आश्रमको कार्य र कार्यक्रमहरूमा जुडिरहेको उल्लेख गर्दै उहाँले यस सेवाभावी कार्यबाट समाजमा सकारात्मक परिवर्तन आइरहेको उहाँले बताउनुभयो । ज्ञानसँगै संस्कार पनि प्रदान गर्दै आएकोमा यसले बालबालिकाको विवेकको विकाससँगै हृदयको विकासमा पनि जोड़ दिएको उहाँको ठम्याइ थियो।
सामाजिक उत्तरदायित्व वहन गर्दै सेवाकार्यमा समर्पित हुने मारवाडी समुदायप्रति उहाँले आभार व्यक्त गर्दै उहाँले यो काम समाजका लागि उदाहरणीय बनेको उल्लेख गर्नुभयो । बुद्धले दिनुभएको शिक्षाअनुसार दान परिमितालाई सिद्ध गर्नतर्फ मारवाडी समुदाय लागिरहेको उहाँको भनाइ थियो ।
त्रिभुवन आर्मी अफिसर्स क्लब जङ्गीअड्डा काठमाण्डौंमा आयोजित वार्षिकोत्सव समारोहका आकर्षण प्रख्यात अभिनेता, पटकथा लेखक एवं निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी रहनुभएको थियो । उहाँलाई स्वागत गर्दै बौद्ध दर्शनका गुरु थुप्तेन जिग्दोलले चाणक्यका नीतिहरू अवलम्बन गरेर पनि हामीले जीवनमा धेरै सकारात्मक पाटोलाई उद्घाटन गर्नसक्ने उल्लेख गर्नुभयो । उहाँले मुख्य रूपले सम्पत्तिलाई कसरी सदुपयोग गर्ने, आलस्यलाई कसरी त्याग्ने र वर्तमानमा कसरी बाँच्ने भन्ने कुरा हामीले शिक्षाका रूपमा लिनैपर्ने भनी विचार राख्नुभयो ।
बुद्धको चतुर्ब्रह्मविहार भनी चिनिने मैत्री, करूणा, मुदिता र उपेक्षालाई पनि हामी सबैले जीवनमा धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चाणक्य टेलीशृङ्खलामा आचार्य विष्णुगुप्त 'चाणक्य'कै मुख्य भूमिका निर्वाह गर्नुभएका डा. द्विवेदीले कल्याण आश्रमको प्रकल्पहरूबाट जनजाति समाजको परिचय र उनीहरूको स्वधर्म-संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगिरहेको उल्लेख गर्नुभयो । विश्वभरिका सनातन वैदिक धर्मावलम्बीका लागि नेपाल आफैमा एउटा तीर्थक्षेत्र रहेको उल्लेख गर्दै उहाँले आफ्नो मौलिक सांस्कृतिक गरीमा बचाइराखेकोमा सम्पूर्ण नेपालीजनप्रति आभार व्यक्त गर्नुभयो ।
शान्तिधाम नेपालका पीठाधीश स्वामी चतुर्भुजाचर्य चूड़ामणि महाराजले सेवाको माध्यमबाट समाजमा महनीय प्रभाव पार्दै आएकोमा कल्याण आश्रमको कार्यको प्रशंसा गर्नुभयो । मानव शरीर सेवाकै निम्ति प्राप्त भएको र वञ्चित-पीड़ितको सेवा पनि भगवान् नारायणकै सेवा रहेको र यही शिक्षा हाम्रा पावन सद्ग्रन्थले दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।
भोजन, आवास र शिक्षासँगै योग्य, संस्कारवान् र चरित्रवान नागरिक निर्माणमा पनि ध्यान दिएको भन्दै हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-प्रचारक रेवित कुमारले कल्याण आश्रमको सराहना गर्नुभयो । सबलले निर्बलको, सक्षमले असक्षमको चिन्ता गर्नुपर्ने भन्दै उहाँले समग्र समाजलाई कल्याण आश्रमद्वारा सञ्चालन गरिएका प्रकल्पहरूसित उदार मनका साथ जुड्न आह्वान गर्नुभयो ।
कल्याण आश्रमसँग अहिले पाँच सय बालबालिकालाई पालन पोषण गर्नसक्ने क्षमतायुक्त पूर्वाधार भएको उल्लेख गर्दै त्यस पूर्वाधारको अधिकतम् उपयोग गरी बालबालिकाको आवास, शिक्षा आदिसँगै उनीहरूलाई योग्य नागरिक बनाउन पनि निरन्तर प्रयास गरिँदैआएको उहाँले स्पष्ट पार्नुभयो । यसमा समाजको उल्लेख्य भूमिका रहेको उहाँले प्रष्ट्याउनुभयो । आगामी दिनमा पनि आमाको माया छात्रावासका माध्यमबाट सेवारूपी महायज्ञ भइरहने जनाउँदै यस महायज्ञमा तन–मन–धनपूर्वक सहभागी हुन उहाँले आह्वान गर्नुभयो । एक वा दुई बालबालिकाका अभिभावकले आफ्ना तीन अथवा चार सन्तान भएको भाव राख्दै वार्षिक रूपमा आमाको माया छात्रावासमा आश्रित एक–दुई बालबालिकाको शिक्षा–दीक्षा र भरण–पोषणका लागि योगदान गर्न समेत उहाँले आह्वान गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाली सेनाका सेवानिवृत्त मेजर जेनेरल नरबहादुर कण्डेलले राख्नुभएको थियो भने जनजाति कल्याण आश्रमको स्थापनादेखि वर्तमानसम्मको गतिविधिसहित संक्षिप्त परिचय महासचिव प्रेम थुलुङले प्रस्तुत गर्नुभएको थियो ।
पूर्व आई.जी.पी. तथा पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई 'व्याकुल माइला', पूर्व ए. आई.जी. तथा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-संघचालक कल्याण कुमार तिम्सिना लगायतका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली सेनाका रथी सीताराम खड्का प्रमुख अतिथिका रूपमा पाल्नुभएको थियो । उहाँकै बाहुलीबाट जनजाति कल्याण आश्रम नेपालको वेबसाइटको लोकार्पण समेत भएको छ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको प्राविधिक सहयोगमा निर्माण भएको वेबसाइटमा संगठनको परिचय र गतिविधि समेटिएको छ ।
वरिष्ठ व्यावसायी एवं समाजसेवी प्रमोद कुमार अग्रवालको सभापतित्वमा काठमांडौँमा आयोजित समारोहमा देशका विभिन्न स्थानमा सञ्चालित छात्रावासमा रहेर अध्ययन गरिरहेका बालबालिकाले नृत्य, योग, गीत आदि सांस्कृतिक प्रस्तुतिहरू पेश गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…