SamwadKhabar logo

               

शिक्षा

महिला समूहलाई व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

संवाद खबर

संवाद खबर

महिला समूहलाई व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न
चैत २३, काठमाडौँ । गौरीशंकर महिला समाज माकलबारीद्वारा आयोजित १० दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं. ६ को सहयोगमा भएको सो तालिम गत चैत १४ गतेदेखि (विहिबार) २३ गतेसम्म सञ्चालन भएको थियो । आज एक कार्यक्रम गरी सो तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा महिला प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि समेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामाले व्यक्तित्व विकासले समाज परिवर्तनमा टेवा पुग्ने बताए । सामाजिक उत्तरदायित्व बहन गराउन हरेक नागरिकमा व्यक्तित्व विकासको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । वडा अध्यक्ष लामाले वडाभित्रका महिला समूहलाई एकीकृत गराएर सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउने योजना रहेको समेत बताए । त्यस्तै सोही वडाका सदस्य बच्चुराम शर्मा कुईकेलले तालिममा सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै छोटो समयमा परिवर्तन आएको भन्दै खुसी व्यक्त गरे । उनले सहभागीहरुको सक्रियताले सामाजिक रुपान्तरणमा थप सहयोग पुग्ने बताए । गौरीशंकर महिला समाजका सल्लाहकार तथा तालिम संयोजक हेम भट्टराईले महिलाहरु भन्सा र घरभित्र मात्र सिमित नहोस भनेर व्यक्तित्व विकास एवम् उद्घोषण तालिमको आयोजना गरेको बताए । सामाजिक रुपान्तरणमा महिलाहरुको अग्रणी भूमिका रहेको भन्दै आत्माविश्वास र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको संयोजक भट्टराईले बताए ।   १० दिनसम्म सञ्चालन भएको सो व्यक्तित्व विकास एवम् उद्घोषण तालिममा प्रारम्भ खबरका सम्पादक तथा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामा प्रमुख प्रशिक्षकको रुपमा रहेको थियो । ३५ जना महिला प्रशिक्षार्थीहरु सहभागी रहेको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै प्रशिक्षक भीम लामाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायत विषयवस्तुलाई आधार बनाएर व्यक्तित्व विकाससंगै मञ्चीय उद्घोषण र भाषण कलाको प्रशिक्षण दिएको बताए । प्रशिक्षार्थीहरुको नियमित सहभागीता धैर्यता, अनुशासन र चासोले गर्दा शिक्षण सिकाईमा सहज भएको बताए । गोकर्णेश्वर नगरपालिका माकलबारी स्थित बाल संसार सेकेण्डरी स्कूलको सभा हलमा भएको सो तालिममा सहायक प्रशिक्षकको रुपमा प्रारम्भ खबरका निर्देशक मिनु तामाङले सहजीकरण गरेकी थिईन् । समापन कार्यक्रमका सभाध्यक्ष तथा गौरीशंकर महिला समाजका अध्यक्ष कमला भट्टराईले बोल्दै प्रशिक्षणले महिलाहरुलाई आत्मविश्वास बढेसंगै सकारात्मक र सहकार्यको भावना सिर्जना भएको बताईन् । महिला समाजले स्थापना कालदेखि नै सरसफाई अभियान, टोलवस्तीमा बत्ति जडान लगायत सामाजिक सचेतनाको क्रियाकलाप समेत गराउँदै आएको बताईन् । सामाजिक एकताको भावना विकास गर्न समय–समयमा संस्थाले कार्य सञ्चालन गर्दै आएको बताईन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…