SamwadKhabar logo

               

अर्थ व्यवसाय

एशिया आदिवासी एक्यवद्धता कोषको सदस्यमा नेपालबाट प्रतिमा गुरुङ चयन

संवाद खबर

संवाद खबर

एशिया आदिवासी एक्यवद्धता कोषको सदस्यमा नेपालबाट प्रतिमा गुरुङ  चयन
चैत २६, काठमाडौं । एशिया आदिवासी एक्यवद्धता कोष (आई.पी.ए.एस) को ११ सदस्यीय कार्यसमितिमध्ये नेपालबाट प्रतिमा गुरुङ चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी विभागअन्तर्गत पद्मकन्या कलेजमा उपप्राध्यापक, निडवान नेपालको अध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको विज्ञ समेत रहेका गुरुङ यहि चैत २० गते इण्डोनेसियामा सम्पन्न ३ दिने १४ देशका १०५ प्रतिनिधि सहभागी सम्मेलनबाट आईपीएएसको कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन् । एशिया र अन्तरास्ट्रियस्तरमा आदिवासी जनजाति, आदिवासी जनजाति महिला र अपांगता भएका व्यक्तिहरूको समावेशीता र सहभागिताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका उनी चार वर्षका लागि चयन भएका हुन् । उनले आदिवासी जनजाति महिला, अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गरेका छन् । प्रतिमाले सन् २००५ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सो अनुसन्धानको प्रतिवेदनलाई प्रस्तुत गर्ने अवसर पाएका थिए । र, सो कामको निरन्तर प्रयासलाई सम्मान गर्दै राष्ट्रिय मानवअधिकार आयोगले सम्मान पत्र र नगदसहित यस वर्षको ‘राष्ट्रिय मानव अधिकार पुरस्कार सम्मान–२०७९’ प्रदान गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …