SamwadKhabar logo

समाचार

काभ्रेमा आयुर्वेदद्वारा मुख्यमन्त्री-जनता स्वास्थ्य कार्यक्रम लागू

संवाद खबर

संवाद खबर

काभ्रेमा आयुर्वेदद्वारा मुख्यमन्त्री-जनता स्वास्थ्य कार्यक्रम लागू
चैत २८, बनेपा । आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो । बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा। वशंवदाम्बा कौण्डिन्यायनीले जानकारी दिए । उनका अनुसार सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले कार्यक्रम सुरु गरिएको हो । ‘मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग लाग्नै नदिन अभियान सञ्चालन गर्न लागेका छौँ”, उनले भने । केन्द्रले बहिरङ्ग सेवाअन्तर्गत निःशुल्क स्वास्थ्योपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिको निःशुल्क वितरण, सशुल्क फार्मेसी, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, मातृशिशु स्वास्थ्य प्रवर्ध न, पञ्चकर्मअन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैलीसम्बन्धी परामर्श, योगअन्तर्गत आसन, प्राणायाम तथा ध्यानलगायतका सेवा प्रदान गर्दै आएको छ । जिल्लामा धुलिखेल, दाप्चा, बालुवा, मंगलटार आयुर्वेद औषधालय तथा खरिबोट, मण्डन नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथानचोक गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको छ । गत फागुन दोस्रो सातादेखि नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गर्दै आएको छ । उक्त कार्यक्रममा दुई हजार २०० मा निःशुल्कबाहेक पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, फोक्सो, छातीको एक्सरे, इसिजी र युएसजी जाँच भइरहेको छ । स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सीमान्तकृत र आश्रित नागरिकलाई प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउने भएको हो । कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने प्रदेश सरकारको योजना छ । मन्त्रालयले प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि