SamwadKhabar logo

               

राजनीति

सहिद पदम लिम्बुको भोलि अन्त्येष्टि गरिँदै

संवाद खबर

संवाद खबर

सहिद पदम लिम्बुको भोलि अन्त्येष्टि गरिँदै
वैशाख ८, काठमाडौं । ‘कोशी प्रदेश’ नामाकरण विरुद्धको आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनका क्रममा प्रहरीसँगको झडपमा घाइते भएका लाजेहाङको १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । एक महिनादेखि मर्चरीमै राखिएको उनको शव झण्डै एक महिनापछि भोलि शनिबार बेलबारीमा अन्त्येष्टि गर्न लागिएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए । शनिबार दाहसंस्कारअघि शव यात्रा गरिने छ । भोलि बिहान १० बजे धरान, ११ बजे इटहरी, साढे १२ बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर साढे २ बजे शवलाई लाजेहाङको घर बेलबारीमा पुर्‍याइनेछ । त्यसपछि अपराह्न ४ बजे शवको अन्तिम संस्कार गरिने उनले जानकारी दिए । लाजेहाङलाई सरकारले सहिद घोषणा गरिसकेको छ भने प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…