SamwadKhabar logo

               

अर्थ व्यवसाय

ईङवा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

संवाद खबर

संवाद खबर

ईङवा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
वैशाख १३, काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यका १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ६ लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि एक लाख २० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावितलाई छुट्याएकोमा बाँकी रहेको र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएकोमा बाँकी रहेको सेयर थप गरी सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओमा वैशाख आजदेखि १७ गतेसम्स आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग अनुसार आवेदन नपरे वैशाख २७ गतेसम्म आवेदन दिने समय थप गरिने बताइएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । तर, पछिल्लो समय आईपीओ खरिदमा निष्कासन कित्ताभन्दा बढी आवेदन पर्ने गरेको हुँदा १० कित्ताका लागि नै आवेदन दिँदा उचित हुने देखिन्छ । आईपीओ निष्कासनका लागि कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमा वित्तीय दायित्त्व बहन गर्ने क्षमतामा मध्यम जोखिम भएको ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजङुको ईङवा खोलाबाट ९.७ मेगावात विद्युत उत्पादन गर्न आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको परीक्षण उत्पादन २०८० जेठ १ गते गर्ने तयारी कम्पनीको छ । भने व्यावसायिक विद्युत उत्पादन जेठ १६ गतेदेखि गर्ने बताइएको छ । आयोजनाको हालसम्मको अनुमानित लागत एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यो आयोजना गत पुस मसान्तसम्म एक करोड १५ लाख २० हजार सञ्चित नोक्सानीमा रहेको छ । प्रतिसेयर आम्दानी पनि माइनसमा रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ २९ पैसा रहेको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…