SamwadKhabar logo

               

राजनीति

समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन जेठमा

संवाद खबर

संवाद खबर

समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन जेठमा
वैशाख १५, काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको हो । बैठकले सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन समिति र कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) निकट सङ्गठनले कर्णाली प्रदेशको अधिवेशन यही २० वैशाख गते गर्ने भएको छ । सङ्गठनले अन्य छ प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यस्तै संगठनले प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति आपत्ति जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक रहेको ठहर गर्दै सङ्गठनले मूल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले पुनःवर्गीकरण गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रेस क्षेत्रको नियमन गर्ने र न्याय सम्पादनजस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नुपर्ने प्रेस काउन्सिलको भूमिका निष्पक्ष र जिम्मेवारीपूर्ण हुन नसक्नु दुःखद् पक्ष भएको उल्लेख छ । प्रेसलाई मर्यादित बनाउने तथा पत्रपत्रिकाको मूल्याङ्कन गर्ने जिम्मेवारीमा रहेको प्रेस काउन्सिलको नेतृत्वलाई राजनीतिक पूर्वाग्रहबाट माथि उठेर आफ्नो भूमिकामा निष्पक्षता र पारदर्शिता कायम गर्न तथा सबैको विश्वास र भरोसा जितेर काम गर्न आग्रह गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…