SamwadKhabar logo

               

संघीय खबर

पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव

संवाद खबर

संवाद खबर

पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव
जेठ ७, काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष सङ्गीता खड्कासहितका सदस्यहरूले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ बनाउन प्रस्ताव गर्नुभएको हो। पत्रकारको न्यूनतम पारिश्रमिकका विषयमा मन्त्रिपरिषद्ले निर्णय गराउने कुरा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिस रोकाले गोरखापत्रलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले सो प्रस्ताव निर्णय गरेमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने उहाँले बत्ताउनुभयो । पाँचौँ तहको ३७ हजार ५३८ रुपियाँ र वरिष्ठ सम्वाददाता, भाषा सम्पादक र सहायक सम्पादक वा सो सरहको तलब ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्तावित छ । यस्तै, कार्यालय सहयोगीको तलब २५ हजार २०० कायम गरिएको छ । कार्यालय सहायकको २७ हजार ७२० रुपियाँ प्रस्तावित छ । यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…