SamwadKhabar logo

               

संघीय खबर

राष्ट्रिय परिचयपत्रको काम अस्थायी रूपमा सुचारु

संवाद खबर

संवाद खबर

राष्ट्रिय परिचयपत्रको काम अस्थायी रूपमा सुचारु
जेठ २२, काठमाडौँ । केही दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी काम अस्थायी रूपमा पुनः सुरु भएको छ । देशभरि नै बिहीबारदेखि अवरोध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी काम आइतबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ‘अपरेसन’ गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिँदा देशभरि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी काम ठप्प भएको थियो । उहाँका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी कार्य सञ्चालन गरिरहेको फ्रान्सेली कम्पनीसँग भएको संवाद र ‘कोर्डिनेसन’सँगै परिचयपत्र निर्माणसम्बन्धी काम पुनः सुरु भएको जानकारी दिनुभयो । छिट्टै नवीकरण गर्ने प्रतिबद्धतासँगै सो कम्पनीले सर्भर खोलिदिएपछि परिचयपत्रको काम सुरु भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फ्रान्सेली कम्पनीसँग नवीकरणको प्रक्रिया सुरु भइसकेको छ । नवीकरणबापत लाग्ने खर्चबारे अहिले हिसाबकिताब भइरहेको छ । दुई चार दिनमा टुङ्गिन्छ । नवीकरण नगरेबापतको कुनै पनि जरिवाना नलाग्ने सो कम्पनीले जनाएको छ ।” परिचयपत्र निर्माणका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग तीन वर्षका लागि २०७६ असारमा सम्झौता भएको थियो । सोसम्बन्धी सफ्टवेयरका लागि करिब ८३ करोड रुपियाँमा र नेपालमा बनाइने पूर्वाधारका लागि १३ करोड ६१ लाख रुपियाँ लागतमा सो कम्पनीसँग सम्झौता भएको थियो । मुलुकको सुरक्षा व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६÷ ६७ मा सरकारको वार्षिक नीति तथा कार्यक्रम नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो । त्यसपछि मन्त्रीपरिषद्को २०६७ असार १६ गतेको निर्णय अनुसार छुट्टै निकायका रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गरी यससम्बन्धी कार्य भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…