SamwadKhabar logo

               

संघीय खबर

मौसमः तराई भेगमा अझै पाँच दिन तातो हावा चल्ने

संवाद खबर

संवाद खबर

मौसमः तराई भेगमा अझै पाँच दिन तातो हावा चल्ने
जेठ ३०, काठमाडौं । देशका पहाडी भेगमा वर्षा भएर गर्मीबाट राहत मिल्न थाले पनि तराइमा भने अझै केही दिन गर्मी बढ्ने र तातो हावा चल्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ । तराई क्षेत्रमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै महाशाखाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ । महाशाखाले निकालेको विशेष बुलेटिनमा अबका पाँच दिन तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने देखिएकाले तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । तापक्रम ४० डिग्रीभन्दा माथि निरन्तर रहेमा तातो हावा चल्ने र त्यसबाट लू लाग्नसक्ने भएकाले सतर्कता अपनाउन भनिएको हो । साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका खोंचहरुमा पनि पनि तापक्रम बढिरहेको भन्दै महाशाखाले सतर्कताका लागि अनुरोध गरेको छ । तातो हावाका कारण लू लागेमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, हातखुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता हुनेलगायतका समस्या हुनसक्छ । लूबाट बच्नका लागि दिउँसोमा घर बाहिर ननिस्कने र पानी तथा जुस पिउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…