SamwadKhabar logo

               

संघीय खबर

आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन्छु : प्रस्तावित प्रधानन्यायाधीश

संवाद खबर

संवाद खबर

आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन्छु : प्रस्तावित प्रधानन्यायाधीश
असार १, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज बिहीबार संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफुमाथि लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार रहेको बताएका हुन् । उनले भने, ‘म माथि लागेको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउनुस्, प्रमाणित भए म जुनसुकै पेसा छोडेर बाहिरिन तयार छु । मैले ४० सालदेखि हालसम्म अनियमितता गरेको छैन, प्रमाणित भएमा भोलि नै राजीनामा दिन तयार छु ।’ उनले आफू विगतदेखि नै न्यायपालिका शुद्धिकरणमा लागेको भन्दै न्यायपालिका शुद्धिकरणका लागि लागिरहने दाबी गरे ।उनले भने– ‘धेरैले वहालवाला न्यायाधीशको बारेमा प्रश्न उठाउनुभयो । त्यसको बारेमा म जवाफ दिन सक्दिन, म न्यायापरिषदको अध्यक्ष मात्र हो, अरू ४ जना सदस्य पनि छन् । सम्बन्धित निकायबाट उहाँमाथि छानबिन हुनेमा विश्वस्त छु ।’ त्यस्तै उनले कसैलाई बदनाम गर्ने गरी आलोचना भएको त्यो स्वीकार्य नहुने समेत बताए । ‘म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो । म सधैँ हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस भन्छु । यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु,’ उनले भने, ‘तर, दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छ । तर, कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…