SamwadKhabar logo

               

संघीय खबर

फेवातालमा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आजदेखि

संवाद खबर

संवाद खबर

फेवातालमा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आजदेखि
असार ८, काठमाडौं । आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ । दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिभल उद्घाटन हुन लागेको हो । यो फेस्टिभल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ । पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको विमानबाट पोखरा आएका चिनियाँ खेलाडीहरूले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ । आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रूपमा रहेका छन्। चीनबाटै केरुङ नाका हुँदै ८ वटा विशेष खालका वोट, अन्य आवश्यक सामग्री ल्याइएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना रहेको छ । चीनले यस प्रकारको वोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना गर्दै आइरहेको छ । पोखरा पर्यटन परिषद्ले हरेक वर्ष रेस फेस्टिभल आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…