SamwadKhabar logo

समाचार

जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद

संवाद खबर

संवाद खबर

जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद
असार ८, काठमाडौं। नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको हो। त्यसको जानकारी आज पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ। सो लागु औषधलाई लिसर्जिक एसिड डाइएथिलेमाइड (एलएसडी) भनिन्छ। नेपालमा यो पहिलो पटक बरामद भएको हो। सो लागुऔषध सेवन गर्ने र बिक्री वितरण गर्ने केही व्यक्तिलाई पनि प्रहरीले काठमाडौ र पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरु नेपालीसँगै विदेशी नागरिक पनि छन्। ब्यूरो स्रोतका अनुसार एलएसडी ड्रग्स १० हजारभन्दा बढी ‘थान’ बरामद भएको छ। एलएसडी खतरानाक लागु औषध मानिन्छ। प्रहरीका अनुसार प्राय स्टिकरजस्तो आकारमा उपलब्ध हुने यसलाई दुर्व्यसनीमा फसेका व्यक्तिले जिब्रो तथा निधारमा समेत टाँसेर आनन्द लिने गर्छन्। कुनै समय भारतमा एलएसडीको व्यापक कारोबार हुने गर्थ्यो। विवाह उत्सव, पार्टी, तथा विभिन्न सामूहिक भोजमा यो लागुऔषध प्रयोग गर्ने गरिन्छ। गत वर्ष अष्ट्रेलियाको सिड्नी २७ हजार मानिसहरुले एक साथ यो लागुऔषध प्रयोग गरेको पाइएको थियो। गत महिना भारतमा पनि यस प्रकारको लागुऔषध बरामद भएको थियो। भारतको लागुऔषध नियन्त्रण ब्यूरोले जेठ २२ मा देशमा डार्क वेबमार्फत चलिरहेको लागुऔषधको ठूलो सञ्जालबाट १५ हजार एलएसडी ब्लट बरामद गरेको थियो। यो नेटवर्क डार्कनेटमा सञ्चालनमा रहेको र क्रिप्टोकरेन्सी भुक्तानीका लागि प्रयोग भइरहेको बेला बरामद गरेको थियो।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि