SamwadKhabar logo

               

संघीय खबर

घर बनाउन सेनालाई सहुलियत ऋण

संवाद खबर

संवाद खबर

घर बनाउन सेनालाई सहुलियत ऋण
असार २०, काठमाडौं । नेपाली सेनाका सकल दर्जाले घर कर्जाको निम्ति बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन् । उनीहरुले चाहेमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण प्राप्त गर्नसक्ने छन् । यसका निम्ति सेनाले २०७८ कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानसँग ‘सैनिक सकल दर्जा सहुलियतपूर्ण आवाज कर्जा २०७८’ को सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । जसअनुसार सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका, श्रीमान वा श्रीमतीको नाममा नेपालभर आफ्नो घर नरहेका तथा सहुलियतपूर्ण शैक्षिक कर्जा र चारपाङ्ग्रे सवारीसाधन कर्जा नलिएकाहरुले सहुलियतपूर्ण आवास कर्जा पाउन सक्छन् । त्यसका लागि घर बनाउने जग्गा आफ्नो नाममा प्राप्त भएको मिति खुलेको हुनुपर्ने, दोस्रो पक्षबाट आवास निर्माणको क्रममा कुनै विरोध, हकदावी, मुद्दामामिलाजस्ता कार्य नगरेको अवस्थामा सहुलियत ऋणको लागि सिफारिस गरिने सेनाले जनाएको छ । पत्रमा भनिएको छ, ‘आवास कर्जाको लागि राजीनामाबाट आएको जग्गाको हकमा छ महिना ३५ दिन नकटेको, बकसपत्रको हकमा २ वर्ष २५ दिन र अंशबण्डाको हकमा ३ महिना हुनुपर्ने प्रावधान छ । योसँगै खरिद गरिने जग्गा,घरको हकमा थैली रकमभन्दा बढी कर्जा प्रवाह हुने छैन ।’ त्यसैगरी जीवन बीमा गर्न चाहनेलाई राष्ट्रिय बीमा संस्थानबाट बीमाको व्यवस्था गरिएको पनि सेनाले जनाएको छ

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…