SamwadKhabar logo

               

अर्थ व्यवसाय

कुथेली बुखरी स्मलको आईपीओ आजदेखि बिक्री खुला

संवाद खबर

संवाद खबर

कुथेली बुखरी स्मलको आईपीओ आजदेखि बिक्री खुला
असार २६, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६८ कित्ता सेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणतर्फको १० प्रतिशत सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ हजार ९३ कित्ता र कर्मचारी तथा सामूहिक लगानी कोषलाई दुई हजार ४३७ कित्ता सुरक्षित गरी बाँकी एक लाख एक हजार १५१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन अवधि छिटोमा यही असार २९ गतेसम्म रहनेछ । उक्त अवधिमा मागानुसार आवेदन नपरे साउन ९ गतेसम्म बिक्री खुला रहनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरोसेयर वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ । यो कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी ०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीको वित्तीय अवस्था र मूल्य रेन्ज कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ २०७८÷ ७९ को अन्त्यसम्म १४९ रुपैयाँ ६७ रुपैयाँ छ । उक्त अवधिसम्म प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा पाँच करोड ८१ लाख ७१ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०८१÷ ८२ सम्म कम्पनीको नाफा ११ करोड ५८ लाख ६० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यो कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार १४९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँसम्ममा खुल्ने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले पहिलो कारोबारका लागि सूचीकृत कम्पनीलाई वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …