SamwadKhabar logo

               

अर्थ व्यवसाय

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

संवाद खबर

संवाद खबर

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ। आइतवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा चेक अनादरको संख्या बढ्दोक्रम रहेकोले यसको नियन्त्रण र यसलाई निरुत्साहित गर्न चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको हो । 

अर्थ समिति बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था हुने उल्लेख गरिएको छ । 

१५ लाख सम्मको चेक अनादरमा १ महिना कैद, ५० लाखसम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भएमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताउनुभयो । उहाँले सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरी विधेयकलाई अन्तिम रुप दिने बताउनुभयो । चेकको विश्वसनीयता लागि पनि कानुनलाई छिट्टै अन्तिम रुप दिएर पारित गर्नुपर्ने उहाँले बताउनुभयो । 

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैङ्किङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा भएका छलफल सकारात्मक रहेको भन्दै दफावार छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने जानकारी दिनुभयो । उहाँको अनुसार चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न र चेक अनादरलाई निरुत्साहित गर्न सजायको व्यवस्था गरिएको हो । 

बैठकमा चेक अनादरका घटनामा राष्ट्रिय मानकका आधारमा क्षतिपूर्ति वा ब्याजको व्यवस्था राख्नुपर्ने सांसद सूर्य थापाले  बताउनुभयो । 

साथै बैठकमा सांसद डा. प्रकाशशरण महतले जेल सजाय काटेका भरमा रकम तिर्नबाट कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गर्नुभयो । सांसद महतले पाँच प्रतिशत जरिवानासहित कैदको व्यवस्था व्यवहारिक रहेको धारणा व्यक्त गर्नुभयो । 

२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गर्नुभएको थियो । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो । 

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

नेपाल टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने, टेलिकम सवा ६ अर्ब नाफामा

नेपाल टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने, टेलिकम सवा ६ अर्ब नाफामा

२२ माघ, काठमाडौं । नेपाल टेलिकमको एप र वेबसाइटबाटै इसिम लिन सकिने भएको छ । टेलि…

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …