SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह

संवाद खबर

संवाद खबर

नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह
असार २९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गर्नुभएको हो । अध्यक्ष मल्लले भन्नुभयो, ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ, ।’उहाँले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसंग आग्रह गर्नुभयो । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उहा“ले लगानी प्रतिफलको सुनिश्चितता समेत गर्नुभयो । दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधी बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ । ’ अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गर्नुभयो । सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्व ८१ करोड रुपैया लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन । चेम्बरको स्वागत पछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसंगको कुटनीतिक र आर्थिक सम्वन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाउनुभयो ।उहाँले भन्नुभयो, ‘नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं बर्षमा पुग्दैछ, ।’ नागरिक नागरिकबीचको सम्वन्धलाई अझ दिगो बनाउन आफुले भूमिका निर्वाह गर्ने पार्कले बताउनुभयो । नेपालमा उत्पादन हुने सवै वस्तुहरु वातावरण मैत्री भएको भन्दै राजदूतले यहाँ उत्पादित बस्तुहरु आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताउनुभयो । दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५० औं वर्षगाठको अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफुले पहल गर्ने राजदूत पार्कले बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …