SamwadKhabar logo

               

अर्थ व्यवसाय

मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार कारोबार नगर्न पुनः निर्देशन

संवाद खबर

संवाद खबर

मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार कारोबार नगर्न पुनः निर्देशन
साउन २, काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खोल्दा तोकेका शर्त पुरा नगरेकाले उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नगर्न पुनः प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले एक सूचना जारी गर्दै जनाएको छ। म्याक्स मनीले विप्रेषण कारोबार बापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको राष्ट्र बैंकको भनाइ छ। कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि ५ माघ २०७६ को उक्त प्रतिबन्ध राष्ट्र बैंकले फुकुवा गरेकोमा प्रतिबन्धका सम्बन्धमा जारी भएका परिपत्र ५ माघ २०७६ मा खारेज भए पनि कम्पनीले प्रतिबन्ध फुकुवा गर्दा तोकिएका शर्त पालना नगरेको राष्ट्र बैंकले जनाएको छ। सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्स मनीसँग बाँकी वक्यौताको भुक्तानी लिने बाहेक कुनै पनि कारोबार नगर्न निर्देशन दिएको सूचनामा उल्लेख छ। यस्तै नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी अन्य तेस्रो पक्षमार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट हुने प्रक्रियाको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नहुने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग उक्त निर्देशन जारी गरेको राष्ट्र बैंकदले जनाएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …