SamwadKhabar logo

               

अर्थ व्यवसाय

बैंकहरूको नाफा ६७ अर्ब २३ करोड

संवाद खबर

संवाद खबर

बैंकहरूको नाफा ६७ अर्ब २३ करोड
साउन ४, काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामै बैंकहरूले १० अर्ब रुपैयाँ नाफा बढाएको हो । गत आर्थिक वर्ष वैशाखसम्म बैंकहरूले ५७ अर्ब १६ करोड रुपैयाँ कमाएका थिए । बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा भने १.७५ प्रतिशत मात्र बढी हो। आर्थिक वर्ष २०७८÷ ७९ को ११ महिनामा बैंकहरुले ६६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक वर्ष जेठसम्म नबिल बैंक एक्लैको नाफा ७ अर्ब ११ करोड रुपैयाँ छ। बढी नाफाका आधारमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । उसले साढे ६ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । बाँकी सबैको नाफा ४ अर्बभन्दा कम रहेको छ । सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ । उसले १ अर्ब ५६ करोड रुपैयाँ मात्र कमाएको छ । पुछारबाट दोस्रोमा सनराइज बैंक छ । उसले १ अर्ब ५९ करोड नाफा गरेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …