SamwadKhabar logo

               

संघीय खबर

समुदाय जागरणको तेस्रो हप्ता कपनको आकाशेधारादेखि मिलनचोकसम्म पद यात्रा

संवाद खबर

संवाद खबर

समुदाय जागरणको तेस्रो हप्ता कपनको आकाशेधारादेखि मिलनचोकसम्म पद यात्रा
असार १३, काठमाडौँ । सूचनाको हकका लागि राष्टिय महासंघ, काठमाडौँ जिल्ला र उपत्यका समितिको संयूक्त आयोजनामा चलिरहेको समुदाय जागरण अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । शनिवार बिहान ६ः३० बजे जुगल गुरुकुल बिद्यालयको बिद्यार्थीहरुले स्वस्ती वाचन गरी सुरू गरिएको पद यात्रा वडा नं १० को कार्यालयबाट मिलन चोक पुगेर समापन भएको थियो । पदयात्रा कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघिय प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले अभियानलाई ऐक्यबद्धता जनाउँदै यस्ता अभियान प्रत्येक टोलटोलमा संचालन गर्नुपर्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । सूचनाको हक प्रत्येक व्यक्तिको लागि संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरिएकोले यसको प्रयोग गरी नागरिकले भरपुर फाइदा लिने र सार्वजनिक निकायलाई जवाफदेही बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा ऐक्य बद्धता जनाउँदै बिशेष अतिथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले राज्यले ल्याएको कानुनको प्रयोग गरी नागरिकले आफ्नो समाजमा भएको अनियमितता र भ्रष्टाचार अन्त्य गर्न योगदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सांसद जयराम थापा र मिना पराजुलीले पनि ऐक्यबद्धदा जनाई यात्रामा सहभागि भएका थिए । कार्यक्रमको संयोजना सूचनाको हकका लागि राष्टिय महासंघ उपत्यका प्रदेश सदस्य बिष्णु प्रसाइले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष ताराबहादुर भन्डारीले गर्नुभएको थियो । मन्तव्यमा भन्डारीले नागरिकलाई जगाउन यस्तो अभियान संचालन गर्नुपरेको बताउँदै हरेक शनिवार विहान एक घण्टा यसरी नै विभिन्न स्थानमा अभियान संचालन गरिने बताउनुभयो । पदयात्रामा स्थानीय सिद्देश्वर योग साधाना केन्द्रका योग साधकहरुको सहभागिता रहेको थियो । धन्यवाद मन्तव्य दिंदै सिद्देश्वर योग साधाना केन्द्रका संरक्षक कृष्ण कुमार पोखरेल (श्याम) ले पदयात्रा सफल बनाउन योगदान गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…