SamwadKhabar logo

               

अर्थ व्यवसाय

अहिलेको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुदै जान्छः अर्थमन्त्री महत

संवाद खबर

संवाद खबर

अहिलेको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुदै जान्छः अर्थमन्त्री महत
साउन २०, काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संवोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत संवोधन गरेको बताए । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गरे । मन्त्री महतले अन्र्तराष्टिय परिस्थित, कोभिडको प्रभावको कारणबाट सिर्जना भएको असर अर्थतन्त्रमा अझै कायम रहेको उल्लेख गर्दै अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको बताए । सरकारले तरलता बृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने बताए । उनले सुशासनको महत्वपूर्ण कुरा लेखापरीक्षणसँग जोडिएको बताउँदै एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भुमिका रहेको बताए । उनले भने– ‘यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ । हिसाव किताव चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाव किताव हेर्र्ने काममा महत्वपूर्ण भूमिका छ ।’ मन्त्री महतले अडानले हिसाव किताव चुस्त दुरुस्त राख्न तालिम दिनका लागि सिटिइभीटीसँग तालिम कार्यक्रम अघि बढाउन लागेकोमा धन्यवाद दिँदै सरकारबाट आश्यक सहयोग गर्ने वचन दिए । मन्त्री महतले बजेटको स्रोत सुनिश्चितता गरेको आधारमा बहुबर्षे विकासका आयोजना अघि बढाउँदा पछि बजेटको नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताए । उनले व्यवसायीहरुलाई ऋण लिँदा आफ्नो क्षमता हेरेर, त्यसबाट कति प्रतिफल आउँछ, त्यसलाई हेरेर मात्र ऋण लिन र हचुवाको भरमा काम गर्दा समस्या आउने बताए । उनले नेपालमा काम गर्नका लागि धेरै संभावनाहरु रहेको बताउँदै धैर्यता राख्ने हो भने अवसरहरु रहेको र त्यसलाई उपभोग गर्नेतिर लाग्नुपर्ने बताए । स्थापना दिवसको अवसरमा अडानले प्रभातफेरी र रक्तदान कार्यक्रम समेत गरेको उल्लेख गर्दै झन्डै १ सय जनाले रक्तदान गरेको अध्यक्ष पौडेलले बताए । २०८० सालदेखि दर्तावाल लेखापरीक्षकलाई एक व्यक्ति एक पेशाको अवधारणा लागू गर्न लागिएको भन्दै सो नीति उपयुक्त नभएको बताए । उनले लेखा परीक्षक ऐन २०३१ विपरित एक ब्यक्ति एक पेशाको रुपमा लेखापरीक्षकले काम गर्न समस्या हुने भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराए । नेपाल चार्टट एकाउन्टेन्ट ऐन २०५७ संसोधन हुन लागेकोले त्यसलाई संसोधनको क्रममा जाँदा त्यसमा छलफल गरेर अगाडी लैजानुपर्ने उनले बताए । अध्यक्ष पौडेलले प्रोफेश्नल एकाउन्टेन्ट विषय पढाउनका लागि सिटिइभीटीबाट पढाउनेगरी १६सय ९६ घण्टाको कक्षा हुने, ८० प्रतिशत सैद्धान्तिक र २० प्रतिशत अभ्यासगत कोर्ष संचालन गर्ने तयारी गरेको बताए । उनले पाठ्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगी व्यवसायी मैत्री नीति ल्याउन सरकारलाई आग्रह गरे । चार्टस एकाउन्टेन्ट संघ एक्यानका अध्यक्ष दिपक पाण्डेले बजारमा अडिर्टसको ब्रान्ड स्थापना गर्न सफल गराएकोमा चार्टड एकाउन्टेसको तर्फबाट अडिटरहरुलाई धन्यवाद दिए । उनले नेपालबाट चार्टड एकाउन्टेन्टहरु दुबई, मलेसिया, अष्ट्रेलिया, यूरोप लगायतका देशमा पलायन हुने अवस्था रहेको बताए । पाण्डेले राज्यको नीति नियम बनाउँने ठाँउमा सिएहरुको भूमिका खेल्न सक्ने, अहिले राज्यका ३ तहमा पनि सिएले भूमिका खेल्न सक्ने भएपनि त्यो वातावरण नभएको बताए । उनले चार्टस एकाउन्टेन्ट संघ र नेपाल अडिर्टस एशोसियसनका मुद्धाहरु समान भएकोले त्यसमा संगै हातोमालो गरेर जान सक्ने बताए । उनले लेखापरीक्षकहरु एक व्यक्ति एक पेशामा लाग्ने नीति उपयुक्त नभएको बताए । कार्यक्रममा कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले संस्थाहरुको आर्थिक अवस्थाले देशको आर्थिक अवस्था देखाउँने बताउँदै त्यस्ता संस्थाहरुको लेखापरीक्षण गर्दा देशका लागि सहयोग पुग्ने बताए । अडानको काम महालेखा परीक्षकको कार्यालयसँग पनि जोडिएको उल्लेख गरे । यस्तै उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले अडानले उठाएका विषय र मुद्धाहरुमा उद्योग वाणिज्य संघको पनि साथ रहेको बताए । धेरै उद्योग व्यवसाय पलायन भएर गएको, धेरै सटरहरु बन्द भएको, धेरै उद्योगीहरु पलायन भएकोको बताउँदै उद्योगीहरुका लागि सहज नीति ल्याउनका लागि आग्रह गरे । उनले उद्योग क्षेत्रलाई सहयोग पुग्यो भने मात्र देश विकासमा सहयोग पुग्ने, उद्योगीहरु पलायन भएको उल्लेख गर्दै ढकालले त्यसतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले जिल्ला–जिल्लामा एकान्टिङको धेरै समस्या रहेको बताए । एकाउन्टको हिसाव राख्न सक्ने जनशक्ति नरहेको बताउँदै जिल्ला जिल्लामा युवाहरुलाई यसबारे तालिम गराउन मन्त्रालयलाई भनेको उल्लेख गरे । अडानको तर्फबाट सिटिइभिटी मार्र्फत एकाउन्टिङ्गको तालिम दिने काम सकारात्मक रहेको बताउँदै उनेले दक्ष जनशक्तिलाई गाउँ जाने वातावरण बनाउनुपर्ने बताए । उनले सशस्त्र प्रहरीबाट भन्सारबाट छुटाएको सामानको पनि चेकजाँच गरेर दुःख दिने काम गरेकोप्रति पनि मन्त्री महतको ध्यानाकर्षण गराए । उनले हिजोको तुलनामा काम घटेको तर बैंकको व्याज नघटेको, आधा भन्दा बढी व्यवसायी कालोसूचीमा परेको भन्दै यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए । व्यावसायीलाई परेको आर्थिक संकट समाधान गर्नका लागि जिम्मेवारीपूर्वक नीति ल्याउन उनले आग्रह गरे । नेपाल अडिटर्स एशोसियन (अडान) को ६५ जिल्लामा संगठन विस्तार भएको छ भने ७ हजारबढी सदस्यहरु रहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …