SamwadKhabar logo

               

संघीय खबर

विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाले सर्वोच्चको कायममुकायम नेतृत्व

संवाद खबर

संवाद खबर

विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाले सर्वोच्चको कायममुकायम नेतृत्व
साउन २१, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकासपछि वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कायममुकायम नेतृत्व सम्हालेका छन् । उमेर हदका कारण प्रधानन्यायाधीश कार्कीको शनिबार अवकास भएको थियो । आइतबारदेखि कायममुकायम प्रधानन्यायाधीशको कार्य प्रारम्भ गरेका श्रेष्ठले कार्य प्रारम्भ गरेसँगै न्यायपालिका सुधारका विषयमा चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन कदमका बारेमा सर्वोच्च अदालतका न्यायाधीशको राय, सुझाव मागेका छन् । कार्य प्रारम्भ गरेसँगै उनले न्यायाधीशहरुलाई डाकेर लिएको सुझावमा न्यायाधीशहरुले आफ्नोतर्फबाट सुझावहरु दिएका सर्वोच्च अदालतले जनाएको छ । “न्यायालयमा विचाराधीन पुराना मुद्दाको शीघ्र फर्छ्यौट गरी छिटो छरितो रुपमा न्याय सम्पादन कसरी गर्न सकिन्छ र सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो,” सर्वोच्चका प्रवक्ता विमल पौडेलले गराएको जानकारीमा भनिएको छ, “सोका साथै न्यायाधीश एवं कर्मचारीको मनोबल उठाउने साथै सरोकारवाला निकायहरुबाट थप सहयोग र समन्वय प्राप्त गर्ने विषयमा पनि छलफल भयो ।” कामु प्रधानन्यायाधीश श्रेष्ठले उच्च व्यवस्थापन तहलाई न्यायपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त एवं सेवाग्राहीमैत्री बनाउन थप क्रियाशील हुन निर्देशन दिएका थिए । त्यसक्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुधारका लागि उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुसँगसमेत छलफल गर्ने सोच रहेको भन्दै छिट्टै नै छलफल गर्ने बताएका छन् । उनले मातहतका अदालतको काम कारबाहीको बारेमा सचिवालयबाट दैनिक रुपमा प्रतिवेदन गर्ने पद्दतिको प्रारम्भ गर्ने समेत बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…