SamwadKhabar logo

               

अर्थ व्यवसाय

एक सय ५५ सहकारी एकीकरण

संवाद खबर

संवाद खबर

एक सय ५५ सहकारी एकीकरण
साउन २८, वालिङ (स्याङ्जा०) । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । ऐन कार्यान्वयनमा आएसँगै विसं २०७९ चैतसम्म एक सय ५५ सहकारी एकापसमा एकीकरण भई ६५ भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालले कास्की, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका सहकारी संस्था एकीकरण भएका जनाउँदै मनाङ र मुस्ताङमा बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, बाग्लुङ र म्याग्दीमा २७, नवलपुरमा १८, गोरखामा आठ, तनहुँमा सात, लमजुङमा पाँच, स्याङ्जामा चार र पर्वतमा तीन सहकारी संस्था एकीकरण भएका हुन् । एकीकरण हुनेमा बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, दुग्ध उत्पादक, उपभोक्ता, साना किसान सहकारी रहेका अर्यालले जानकारी दिनुभयो । ऐनमा व्यवस्था भएबमोजिम दुई वा सोभन्दा बढी सहकारी संस्था एकापसमा गाभिएर सञ्चालनमा आएका उहाँको भनाइ थियो । अर्यालका अनुसार एकीकरण गर्दा सम्बन्धित सहकारी संस्थाको कुल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्णय हुनुपर्नेछ भने एकीकरणको सर्त र कार्यविधि खुलाउनुपर्नेछ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …