SamwadKhabar logo

धर्म संस्कृति

बौद्धनाथ क्षेत्र विकासका प्रथम अध्यक्ष साङ्गे लामाको प्रतिमा अनावरण

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्धनाथ क्षेत्र विकासका प्रथम अध्यक्ष साङ्गे लामाको प्रतिमा अनावरण
१० भाद्र, काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिका प्रथम अध्यक्षको अर्धकदको प्रतिमा बिहिवार उद्घाटन भएको छ । प्रथम अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) को अर्धकदको ढुंङ्गाको प्रतिमा अनावरण बौद्ध, अमिताभ बुद्ध मार्ग स्थित क्षेत्र विकासको कार्यालय हातामा भएको थियो । श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले प्रतिमाको अनावरण गर्नु भएको थियो । १९९६ साल फाल्गुन १० गते जन्मिनु भएका स्व। साङ्गे लामा (भज्यू) २०५३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बलबहादुर केसीको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको श्री बौद्धनाथ क्षेत्र विकास समितिको प्रथम अध्यक्षको रुपमा स्व. साङ्गे लामालाइ चयन हुनु भएको थियो । उहाँले २०५४ साल माघ १४ गते देखि २०५९ साल असार ३१ गते सम्म समितिको अध्यक्षमा रहेर काम गर्नु भएको थियो । लामाको २०५९ साल असार ३१ गते स्वर्गारोहण भएको थियो । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका वर्तमान अध्यक्ष राजकुमार लामाले छ्योमे बाली उद्घाटन गर्नु भएको थियो भने कार्यकारी निर्देशक शान्तीमाया तामाङले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो । समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को बुहारी डोल्मा लामा र समितिका वर्तमान अध्यक्ष राजकुमार लामाले संयुक्त रुपमा शालिक अनावरण गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष राजकुमार लामाले उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) ले स्थापना गर्नु भएको श्री बौद्धनाथ क्षेत्र विकास समितिले धेरै उतारचढाव बीच आजको दिन सम्म आइपुगेको र समाज विकासको लागि दीर्घकालीन सोच राखेर समिति स्थापना गरेको बताउनु भयो । समाजको लागि निस्वार्थ रुपमा गरेको कामको मूल्यांकन र कदर गर्दै समितिका संस्थापक अध्यक्ष स्व। साङ्गे लामा (भज्यू)को अर्धकदको शालिक कार्यलय परिसरमा स्थापना गरेको बताउनु भयो । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा समाजसेवी वीरेन्द्र लामा, समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) को छोरी नुर्बु लामा लगायतले कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) ले निःस्वार्थ रुपमा समाजमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा गोकर्णेश्वर ६ का वडा अध्यक्ष नवराज लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक आचार्य नुर्बु शेर्पा, संस्थापक सदस्य इन्द्र लामा (भज्यु), श्री बौद्धनाथ क्षेत्र विकास समितिको सदस्यहरू जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, समितिका प्रमुख सल्लाहकार गोपाल प्रसाद बराल, परराष्ट्र सल्लाहकार दिनेश खनाल, सल्लाहकार जिग्मे भुजेल, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, आदिवासी जनजाती महिला महासंघ अध्यक्ष निमि शेर्पा, ओम तामाङ सुख–दु:ख गुठीका अध्यक्ष सुरज रुम्बा, श्री बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) को परिवारका सदस्यहरू लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्वर्धन प्रवद्र्धन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको भने युवा तथा महिलाहरुको शिप विकासका साथै शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …