SamwadKhabar logo

धर्म संस्कृति

संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि प्रदान

प्रमिला भुजेल

प्रमिला भुजेल

संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि प्रदान
१३ भाद्र, काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ को उपाधि प्रदान गरेको छ । साथै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो । सम्मान ग्रहण गर्दै संस्कृत विद् डा. गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताउनुका साथै उहाँले नेपालको सद्भाव कायम राख्न र्‍याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको  विचार राख्नुभयो । नेपाल आध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचित भएको भन्दै त्यसको अध्ययनमा लाग्न सुझाव पनि दिनुभयो । कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जबराले माता सिता र बुद्धको देश भएको नेपालको सद्भावलाई कसैले खलल पुर्‍याउन नसक्ने बताउनु भयो  । ठूला पार्टीले भ्रष्टाचार र घुसखोरीले देश दूषित बनाएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व हिन्दू महासंघका उपाध्यक्ष एवम् पूर्वमन्त्री दीनबन्धु अर्यालले नेपालमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने प्रयत्न भएको र त्यसलाई रोक्न सबै लाग्नु गर्ने धारणा  राख्नुभयो । डा. जगमान गुरुङ नेपालको मौलिक धर्म संस्कृतिको पक्षमा निरन्तर लागिरहनु भएका संस्कृत विद् हुनुहुन्छ । उहाँ विभिन्न संघसंस्थामा आवद्ध भई धर्म संस्कृतिको संरक्षण कार्यमा लागिरहनु भएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …